पेरुको माओवादी आन्दोलन ‘साइनिङ पाथ’का नेता गोन्जालोको निधन

२७ भाद्र २०७८, आईतवार ११:२९ प्रकाशित

सन १९८० र ९० दशकमा चलेको साइनिङ पाथ नामक माओवादी आन्दोलनका नेता गोन्जालोको मृत्यु भएको छ । पेरुको क्रान्तिकारी समूह साइनिङ पाथका नेता तथा संस्थापक गुजमनको ८६ वर्षको उमेरमा निधन भएको हो ।
आतंकवाद र देशद्रोहको अभियोगमा उनी सन् १९९२ देखि आजीवन काराबास सजाय भोगिरहेका थिए।
दर्शनशास्त्रका पूर्वप्राध्यापक समेत रहेका गुज्मनलाई गत जुलाईमा स्वास्थ्य समस्या देखिएको थियो। त्यसपछि उनलाई जेलबाट अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

पेरुमा माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच दशकभन्दा लामो समय चलेको युद्धका क्रममा झन्डै ७० हजार मानिस मारिए/बेपत्ता भएकाथिए ।

गुज्मन पक्राउ परेपछि साइनिङ पाथलाई ठूलाे धक्का लागेको थियो। तर अझै उक्त समूहका केही सदस्य सक्रिय छन्।

गज्मनको जन्म सन् १९३४ को डिसेम्बर पेरुको दक्षिणी तटीय क्षेत्रमा पर्ने मोलेन्दो बजारनजिकै भएको थियो।

२७ भाद्र २०७८, आईतवार ११:२९  मा प्रकाशित

Write your Comment