शेयर बजारमा सुधार, कुन कम्पनीको खुल्यो भाग्य

२७ भाद्र २०७८, आईतवार १८:२१ प्रकाशित

काठमाडौ २७ भाद्र :
साताकाे पहिलो दिन आज आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । केही दिन यता लगातार घटेको बजार सरकारले ल्याएको प्रतिस्थापन बजेट पछि ७१ अंकले सुधार आएको हाे ।

परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ ।
काराेबार रकम ९ अर्ब ४४ कराेड रुपैयाँ नाघेको छ । दिनभर भएका ९६ हजार ५ सय ९१ कारोबारबाट १ करोड ७१ लाख कित्ता भन्दा धेरै शेयर किनबेच भएका छन ।

जसबाट शेयर कारोबार रकम ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ पुगेको हो । नेप्से परिसूचकमा आएको सुधारले शेयर बजारको पुँजीकरणमा पनि सकारात्मक असर परेको छ ।

यस अघि ४० खर्ब भन्दा तल रहेको बजार पुँजीकरण आइतबार बढेर ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।        नेप्सेका अनुसार आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर  कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, छ्याङिद हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्श र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् ।

२७ भाद्र २०७८, आईतवार १८:२१  मा प्रकाशित

Write your Comment