बाराको जीतपुरमा ५१ जनाले गरे रक्तदान

२७ भाद्र २०७८, आईतवार २१:०० प्रकाशित

बाराको जीतपुरमा आयोजीत रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । स्वाती मिडिया प्रा.ली.को आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।
स्वाती मिडियाद्धारा संचालित एपी खबर डटकमको वार्षिक उत्सव र प्रा.लीका अध्यक्ष अनिल तिवारीको जन्म दिन पारेर यस कार्यक्रमको आयोजना गरीएको हो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । पहिलो रक्तदाता स्थानिय ब्यवसायी एवम नेपाल बिहार रेडियो स्रोता संघका जीतेन्द्र साह सोनार (समर्पण) लाई रगत डोनेट गर्ने पोका हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा नगर उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, स्थानिय समाजसेवि मनोज गुप्ता, शिवजी साह सोनार, युवा संघ नेपालका मनोज साह, अफताब आलम सोहन शर्मा, सावित्री पिफ्ले मनिर अंसारी लगाएको उपस्थिती रहेको थियो ।
भने कार्यक्रममा नया गोरेटो पुर्नस्थापना केन्द्र पथलैया, ईलाका प्रहरी कार्यालय जीतपुर मञ्जु पहाडी, मुकेश महतो, ईलाका टाफिक कार्यालय जीतपुर, नेपाल बिहार रेडियो स्रोता संघका फुलसरिफ ंअंसारी लगाएतले रक्तदान गरेका थिए ।
कार्यक्रमको सहजीकरण एसएस पटेलले गर्नुभएको थियो भने नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र विरगंज र जीतपुर स्वास्थ्य चौकीले सहयोग गरेको थियोे ।
२७ भाद्र २०७८, आईतवार २१:००  मा प्रकाशित

Write your Comment