शेयर बजार : कस्ले कमाए कस्ले गुमाए

२८ भाद्र २०७८, सोमबार १८:२२ प्रकाशित

काठमाडौ २८ भाद्र :
शेयर बजार परिसूचक नेप्सेमा साताको दोस्रो दिन सोमबार झिनो अन्कले वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको बजार सोमबार भने शून्य दशमलव २७ अंकले मात्र बढेको छ ।अघिल्लो साता निरन्तर घटेको बजारमा यो साताबाट भने लगानीकर्तामा उत्साह देखिनुका साथै साताको पहिलो दिनबाटै कारोबार रकम ९ अर्ब नाघेको छ । आजको कारोबार ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । सोमबार बजार २९४७.६९ बिन्दुमा पुगेको छ । यो वृद्धि ०.०१ प्रतिशत हो ।
सोमबार कुल २२६ कम्पनीको कारोबार भएको छ । ९२ हजार २ सय १८ वटा कारोबारबाट सोमबार १ करोड ५६ लाख ८१ हजार १ सय ८४ कित्ता शेयर किनबेच भएको तथ्यांकले देखाएको छ ।
जलविद्युत कम्पनीका लगानीकर्ताले आज बढी गुमाएका छ । उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक समेत ओरालो लागेको छ । अन्य समूह भने हरियो रहयो। सबैभन्दा बढी कमाउनेमा निर्जीवन बीमा कम्पनी रहेका छ्न । अजोड इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी १० प्रतिशतले आज बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफ इन्स्यारेन्सको समेत सर्टिक लेबलमा कारोबार भयो । युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट समेत बढी कमाउने कम्पनीमा परेका छ । सोमबार कालिका पावर कम्पनी, राइराङ हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, माउण्टेन हाइड्रो नेपालसहितका कम्पनीको शेयर मुल्य घटेपछि लगानीकर्ताले भने बढी गुमाउन पुगेका छ्न ।

२८ भाद्र २०७८, सोमबार १८:२२  मा प्रकाशित

Write your Comment