लोथरमा गरिएको अबरुद्ध सडक आधा घन्टा पछि प्रहरीले खुलायो

२९ भाद्र २०७८, मंगलवार ०९:३३ प्रकाशित

लोथर २९ भाद्र :
सडक मर्मतको माग गर्दै पुर्ब पश्चिम राजमार्गको लोथरमा स्थानीयले सडक अबरुद्ध पारेका छ्न । मकवानपुर तर्फको लोथरको सडक दुई महिना अघि पिच गरिएतापनी कमसल भएकोले उक्किएर धुलो उडेर स्थानीयलाई सास्थी भएका कारण मङलबार बिहान ८.४५ देखि आधा घन्टा सडक अबरुद्ध गर्नु परेको स्थानीयले बताएका छ । आजै ११ बजे स्थानीय पीडित,जनप्रतिनिधि,सडक बिभागका प्रतिनिधि र स्थानीय प्रसाशन बिच छलफल गर्ने सहमती पछि सडक खुलाइएको ईलाका प्रहरी कार्यालय मनहरिका एन बि थापाले बताउनु भयो ।

२९ भाद्र २०७८, मंगलवार ०९:३३  मा प्रकाशित

Write your Comment