गृहले गर्यो १२ जिल्लाका सिडिओको सरुवा

३१ भाद्र २०७८, बिहीबार ०९:१८ प्रकाशित

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभेको हो ।

सरुवा गरिएकामा ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा र उहाको ठाउँमा सहसचिव घनश्याम उपाध्याय पठाइएको छ ।
गुल्मीकी सीडीओ रुद्रादेवी शर्माको भक्तपुरमा सरुवा गरिएको छ र गुल्मीमा सहसचिव पुण्यबिक्रम पौडेललाई पठाइएको छ ।

त्यसैगरी मोरङका सीडीओ कोषहरि निरौलाको मन्त्रालय सरुवा गरिएको छ भने उहाको ठाउँमा सहसचिव काशीराज दाहाललाई पठाइएको छ ।

रुपन्देहीका सिडिओ आस्मान तामाङलाइ चितवन सरुवा गरिएको छ रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएको छ ।

त्यसैगरी गोरखामा शंकरहरि आचार्य, रामेछापमा दीपककुमार पहाडी र संखुवासभामा नुरहरि खतिवडा सीडीओ बनाइएको छ। संखुवासभाका सीडीओ टेकनारायण पौडेलको गृह मन्त्रालयमा सरुवा भएको छ।

दोलखामा टेकराज निरौलालाइ प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ भने त्यहाँबाट बासुदेव घिमिरे मन्त्रालयमा सरुवा गरिएको छ त्यस्तै धादिङमा कृष्णप्रसाद लम्साल र उदयपुरमा वीरेन्द्रप्रसाद यादवलाई सीडीओको जिम्मेवारी दिइएको छ ।

३१ भाद्र २०७८, बिहीबार ०९:१८  मा प्रकाशित

Write your Comment