शेयर बजार राताम्मे,बढ्ने कम्पनीमा विशाल बजा र मनकामना स्मार्टमात्रै

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

साताको अन्तिम दिन बिहिवार आज शेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२.३०बजेसम्म करिब ६९ अंकले घटेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचकमा उचच अंकको गिरावट देखिदा दुइवटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।
बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र विशाल बजार देखिएको छ । कारोबार खुला भएको डेड एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

२०७८ भाद्र ३१, बिहिबार  मा प्रकाशित

Write your Comment