आज विश्वकर्मा दिबस विश्वकर्माबाबाको पूजा आराधाना गरि मनाइदै

१ आश्विन २०७८, शुक्रबार १०:१५ प्रकाशित

आश्विन संक्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस धुमधामका साथ मनाइर्हेका छन्।
विभिन्न कलकारखानामा विश्वकर्मा बाबाको तस्वीर र मुर्तीमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाउने प्रचलन रहिआएको छ ।

आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

विश्वकर्मा बाबालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ। विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालिगडले आज भव्यरूपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन्।

यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ।

१ आश्विन २०७८, शुक्रबार १०:१५  मा प्रकाशित

Write your Comment