कपिलवस्तुमा भएको बस दुर्घटनामा १८ जना घाइते

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा यात्रुबाहक बस सडकमा पल्टिँदा १८ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट ३१ जना यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिवार बिहान अनियन्त्रित भई सडकको बायाँ तर्फ पल्टिदा बसमा सवार १८ जना घाइते भएको प्रहरीले जनाएको छ।
१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको र १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताउनुभयो ।

२०७८ आश्विन २, शनिबार  मा प्रकाशित

Write your Comment