वीरगञ्जको मुर्लिमा रहेको पोखरीमा डुबेर दुई किशोरको ज्यान गयो

३ आश्विन २०७८, आईतवार १६:१९ प्रकाशित

वीरगञ्जको मुर्लिमा रहेको पोखरीमा डुबेर दुई किशोरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरगंजको सगरमाथा बोर्डिङ स्कुलको कक्षा ९ मा आशिष र कक्षा ६ का प्रितम बिध्यार्थी हुन ।
वीरगञ्ज महनगपालिका वडा नम्बर १२ मा रहेको मुर्लीको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुवै जनाको मृत्यु भएको हो । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएको र अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेका थिए ।
मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डुबेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले बताउनु भयो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका करिब ८ बजे उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको र उपचारका लागि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

३ आश्विन २०७८, आईतवार १६:१९  मा प्रकाशित

Write your Comment