थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि,१४१३ जना संक्रमणमुक्त,१२ जनाको मृत्यु

३ आश्विन २०७८, आईतवार १७:१० प्रकाशित

काठमाडौ ३ आश्विन :
नेपालमा बितेको २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी बितेको २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ । हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् । जसमध्ये २२ हजार ८६४ जना होम आइसोलेसनमा र १,४४९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ३९० जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

३ आश्विन २०७८, आईतवार १७:१०  मा प्रकाशित

Write your Comment