रुसको एक विश्वविद्यालयमा गोलि चल्यो, ८ जनाको मृत्यु

४ आश्विन २०७८, सोमबार १५:१४ प्रकाशित

रुसको एक विश्वविद्यालयमा सोमबार गोलि चलेको छ। जसमा परी ८ जनाको मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्।
बीबीसीका अनुसार रुसको परम सहरस्थित ‘परम स्टेट युनिभर्सिटी’मा स्थानीय समयानुसार बिहान ११ बजे गाेली हानिएकाे हाे ।
एक हतियारधारी व्यक्तिले युनिभर्सिटीमा पसेर अन्धाधुन्ध गोली हान्न सुरु गरेका थिए। यो विश्वविद्यालय रुसको राजधानी मस्कोबाट पूर्व १३ सय किलोमिटर टाढा पर्छ।

आक्रमणकारी पनि त्यही विश्वविद्यालयका विद्यार्थी रहेको र उनलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएको बताइएको छ ।

त्यसरी गोली किन हानियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी आएको छैन।

हमलासँगै केही विद्यार्थी र अध्यापकलाई कोठाभित्र बन्द गरिएको थियो।

घटनास्थलमा मोबाइलबाट खिचिएको भिडिओ फुटेजमा केही मानिस झ्यालबाट हामफालेको पनि देखिएको छ ।

४ आश्विन २०७८, सोमबार १५:१४  मा प्रकाशित

Write your Comment