१३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट संगै नेप्सेमा १०४ अंकको उछाल

६ आश्विन २०७८, बुधबार १६:४६ प्रकाशित

आज बुधबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम १०४ अंक माथिको सुधार भएको छ । गत आइतबार एकैदिन १०४ अंकले घटेर २६ सय ९८ विन्दुमा झरेको नेप्से परिसूचक साताको चौथो दिनपछि अर्थात् बुधबार सोही दरमा १०४ अंकले नै वृद्धि हुँदै २८ सय १६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज सेयर बजार परिसूचक नेप्से अधिकतम १०४.८८ अंकले बढेर २८ सय १६.९५ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.८७ प्रतिशतको वृद्धि हो । गत मंगलबार परिसूचक १३.८३ अंकले बढेर २७ सय १२.०७ विन्दुमा रोकिएको थियो ।

नेप्सेले दिएको जानकारी अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १९.४७ अंकले बढेर ५२८.१० विन्दुमा पुगेको छ । त्यसो त यस दिन अधिकतम १३ वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट नै लाग्ने गरी वृद्धि भएको छ भने अन्य दर्जन बढी कम्पनीहरुको मूल्य ९ प्रतिशत माथिले बढेका छन् ।
आज सबै समूह तथा उपसमूहको सेयर मूल्य बढ्दा बडदा पनि कारोबार रकममा भने संकुचन आएको छ । आज कुल २१७ कम्पनीका १ करोड २१ लाख कित्तामाथिको सेयर बजारमा ७२ हजार ७१४ पटक किनबेच हुँदा जम्मा ६ अर्ब १७ करोड ९३ लाखको मात्र कारोबार भएको छ । गत मंगलबार १३ अंकले बढेको बजारमा अधिकतम ७ अर्ब ३६ करोड ४७ अर्बको कारोबार भएको थियो ।

६ आश्विन २०७८, बुधबार १६:४६  मा प्रकाशित

Write your Comment