१४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि,६ जनाको मृत्यु

६ आश्विन २०७८, बुधबार १७:१५ प्रकाशित

बितेको २४ घण्टामा देशै भरमा १४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि छ। बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिनु भएको हो ।
बुधबार १३ हजार ९३० नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । १६३० जना संक्रमण मुक्त भएका छन भने ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

दैनिक संक्रमण दर ११.३ प्रतिशत देखिएको छ भने २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् । १९ हजार ८०५ जना होम आइसोलेसनमा छन् ।
अहिलेसम्म मुलुकमा कूल संक्रमित संख्या ८ लाख ७७ हजार, निको हुने संख्या ७ लाख ३० हजार र कूल मृत्यु ११ हजार ६९ रहेको छ ।

६ आश्विन २०७८, बुधबार १७:१५  मा प्रकाशित

Write your Comment