सरकारले कुन धानको कति तोक्यो समर्थन मूल्य ?

६ आश्विन २०७८, बुधबार १८:२० प्रकाशित

काठमाडौ ६ आश्विन :
सरकारले आज धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य २ हजार ७ सय ५२ रूपैयाँ र मध्यम किसिमको धानको मूल्य २ हजार ९ सय २ रुपैयाँ छ । यस वर्ष सरकारले तोकेको धानको समर्थन मूल्य गत वर्षको भन्दा प्रति क्विन्टल १७ रूपैयाँले बढी हो ।

गत वर्ष भने असारे धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो ।

६ आश्विन २०७८, बुधबार १८:२०  मा प्रकाशित

Write your Comment