बाराको जितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

७ आश्विन २०७८, बिहीबार ११:५५ प्रकाशित

बाराको जितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका-७ लक्ष्मी टोल जितपुरका ३४ वर्षीय सर्फुदीन अन्सारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते बनेका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।
प्रहरीका अनुसार आफ्नै बनाउदै गरेको घरमा मोटरबाट पानी हाल्नको लागि मोटर चलाउन लाग्दा उनलाई करेन्ट लागेको थियो ।

७ आश्विन २०७८, बिहीबार ११:५५  मा प्रकाशित

Write your Comment