एकीकृत समाजवादीको पदाधिकारी हेरफेर,उपाध्यक्षमा श्रेष्ठ र बस्नेत थपिए,सचिवमा राजेन्द्र राई

७ आश्विन २०७८, बिहीबार १३:२४ प्रकाशित

काठमाडौं ७ आश्विन :
नेकपा एकीकृत समाजवादीको पदाधिकारी हेरफेर भएको छ । अब उपाध्यक्षको संख्या ६ पुर्याएर केशबलाल श्रेष्ठ र घनेन्द्र बस्नेतलाई थपिएको छ भने राजेन्द्र राई सचिवमा बनाइएको छ ।

केन्द्रीय कमिटीमा नेताहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ साह र जयन्ती राई उपाध्यक्ष, वेदुराम भुसाल महासचिव, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेललाई उपमहासचिव र केशलवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव प्रस्ताव गरिएको थियो ।
तर राजेन्द्र राईलाई पदाधिकारीमा नराखेको भन्दै असन्तुष्टि बने पछि पदाधिकारी हेरफेर गरिएको हो । एक नेताका अनुसार सचिवमा प्रतावित केशवलाल श्रेष्ठलाई उपाध्यक्ष बनाइएको छ भने घनेन्द्र बस्नेतलाई पनि उपाध्यक्ष बनाइएको छ ।

यस्तै सचिवमा राजेन्द्र राई थप भएका छन् । मुकुन्द न्यौपाने पार्टीको तेस्रो वरियतामा रहनेछन् । अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपछि न्यौपानेलाई राख्ने सहमति जुटेको छ ।

७ आश्विन २०७८, बिहीबार १३:२४  मा प्रकाशित

Write your Comment