काठमाडौ ८ आश्विन :
प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ।
आसन्न विधान महाधिवेशनको तयारीका लागि यो बैठकलाई महत्वका साथ हेरिरहेको छ ।
आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल हुनेछ। बैठक दुई दिनसम्म चल्नेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। त्यस्तै महासचिव ईश्वर पोखरेलद्वारा संगठनात्मक प्रस्ताव पेश हुने छ ।
यसअघि एमालेको स्थायी कमिटी बैठक आइतबार र सोमबार बसेको थियो। त्यसबेला अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि नेताहरुले सुझाव दिएका थिए।
दुई दिनसम्म बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि राजनीतिक प्रतिवेदन यहि १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा प्रस्तुत गरिनेछ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

