स्रोत नखुलेको ९५ लाखसहित नागढुङ्गाबाट दुई जना भारतीय पक्राउ

९ आश्विन २०७८, शनिबार १२:५४ प्रकाशित

काठमाडौ ९ आश्विन :
सबारी साधन चेक जाँच गर्ने क्रममा स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाडौंको नागढुङ्गाबाट दुईजना पक्राउ परेका छन्। महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले बाहिर जिल्लाबाट आउने सवारी साधनहरुलाई नागढुङ्गामा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका हुन्।

पक्राउ परेका भारत मुम्बई महाराष्ट्र प्रदेश सङली जिल्ला थाना घर भएका २६ वर्षीय सागर माली र १९ का कृष्ण अढाडे रहेका छन् । उनीहरुमध्ये मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रकम बरामद भएको हो। चितवनबाट काठमाडौ आउँदै गरेको ग १ ख ६६४५ नंम्बरको यात्रुबाहक हाइस गाडीमा उक्त रकम बरामद भएको हो।

सो गाडीमा सवार रहेका व्यक्तिलाई चेकजाँच गर्ने क्रममा उनीहरुको कालो झोलामा लुकाएर ल्याएको अवस्थामा ९५ लाख फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिनुभयो। उनीहरुलाइ नियन्त्रणमा लिई सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो। बस्नेतले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

९ आश्विन २०७८, शनिबार १२:५४  मा प्रकाशित

Write your Comment