भारतमा आज शक्तिशाली चक्रवात आउने सम्भावना,नेपालमा पनि प्रभाव पर्ने

१० आश्विन २०७८, आईतवार ०८:५३ प्रकाशित

बंगालको खाडीबाट निस्किएको न्यून चापीय क्षेत्र हिजाे शनिबार शक्तिशाली चक्रवातमा परिणत भएको भारतका मौसमविद्ले बताएका छन्। सो चक्रबातलाई ‘गुलाब’ समेत नामकरण गरिएको छ।

भारतको मौसम विभाग (आईएमडी) का अनुसार चक्रवात आउन सक्ने सम्भावना विचार गरेर उत्तरी आन्ध्र प्रदेश र यसको दक्षिण ओडिसाका तटीय क्षेत्रमा हाइ अलर्ट जारि गरिएको छ। ​
आईएमडीको तुफान चेतावनी प्रभागले चक्रवाती तुफान पश्चिमतर्फ अघि बढ्दै आइतबार (आज) साँझसम्म उत्तरी आन्ध्र प्रदेशको कलिंगपत्तन र दक्षिणी ओडिसाको गोपालपुर तटको बीचबाट जाने सम्भावना रहेको जनाएको छ। ​

आईएमडीले ‘उत्तर–पश्चिम र यससँग जोडिएको पश्चिम मध्यबंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र पछिल्लो ६ घण्टामा प्रतिघण्टा ७ किलोमीटरको गतिमा पश्चिमतर्फ बढिरहेको छ र चक्रवात ‘गुलाब’ मा परिणत भएको छ। भनिएको छ ।
भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु व्यासीका अनुसार गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पर्सि मंगलबारदेखि पर्ने देखिएको जनाउनु भएको छ ।

१० आश्विन २०७८, आईतवार ०८:५३  मा प्रकाशित

Write your Comment