कतारमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ओमानसँग ७-२ गोलले पराजित

११ आश्विन २०७८, सोमबार ०८:३० प्रकाशित

कतारमा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय टोली ओमानसँग ७-२ गोलले पराजित भएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले ओमानसँग तयारी स्वरुप ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
बलियो टोली ओमानलाई सहज जित दिलाउन अब्दुल्लाहजिज अल मुक्बालीले दुई तथा फामी शेद, मोसेन जाहेर, इसाम अल शुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक/एक गोल गरेका थिए ।

दोहास्थित कतार युनिभर्सिटीको मैदानमा भएको खेलको पहिलो हाफमा २-१ को अग्रता लिएको ओमानले दोस्रो हाफमा पाँच गोल थपेर एक गोल मात्र खायो ।
साफ च्याम्पियनसिपका लागि भोलि माल्दिभ्स प्रस्थान गर्ने नेपाली टोलीले अक्टोबर १ (शुक्रबार)मा आयोजकको सामना गर्ने भएको छ ।

खेलको १३औं संस्करणसम्म आइपुग्दा फाइनल पुग्न असफल नेपाली टोली यसपटक त्यो यात्रा गर्ने तयारीमा छ ।

११ आश्विन २०७८, सोमबार ०८:३०  मा प्रकाशित

Write your Comment