खुल्यो बुद्धभुमि हाइड्रोपावरको ८ लाख कित्ता सेयर (आइपिओ)

११ आश्विन २०७८, सोमबार १२:४५ प्रकाशित

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको आजदेखि प्राथमिक सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ।
अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो। जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित बनाइएको छ।

सर्वसाधारणका लागि बाँकी ७ लाख ४४ हजार कित्ता सेयर बाँडफाँड हुनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ।
कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन गर्न सकिनेछ। अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन पाइनेछ ।

यो कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ।
आयोजनाको लागत प्रतिमेगावाट २३. ८ करोड रुपैयाँ रहेको छ। अहिले सम्म आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको जनाइएको छ ।

११ आश्विन २०७८, सोमबार १२:४५  मा प्रकाशित

Write your Comment