जर्मनीको निर्वाचनमा एन्जेला मर्केलाको पार्टी पराजित

२०७८ आश्विन ११, सोमबार प्रकाशित

जर्मनीमा भएको संघीय निर्वाचनमा सेन्टर–लेफ्ट पार्टी सोसियल डेमोक्रेट्स (एसडीपी)ले चान्सलर एन्जेला मर्केलको पार्टीलाई झिनो मतअन्तरले पराजित गरेको प्रारम्भिक नतिजाले देखाएको छ ।

प्राप्त विवरण अनुसार एसपीडीले निर्वाचनमा २५ दशमलव ७ मत प्राप्त गरेको छ भने सत्तारुढ कन्जरभेटिभ सीडीयू÷सीएसयू ब्लकले २४ दशमलव १ प्रतिशत मत प्राप्त गरेको छ ।
ग्रिन पार्टीले १४ दशमलव ८ प्रतिशत मत पाएको छ । यो पार्टीले इतिहासमै सबैभन्दा धेरै मत पाएको हो । अब जर्मनीमा सरकार बन्न गठबन्धन हुनुपर्ने देखिएको छ । अब बन्ने नयाँ सरकारको कार्यकाल चार वर्षको हुनेछ । यसपटकको निर्वाचनमा जलवायुको मुद्दालाई प्रमुख मुद्दा बनाइएको थियो ।

एसपीडीले जर्मनीमा आफूहरुलाई जनताले राम्रो सरकार बनाउन मत दिएको बताएको छ । तर, कन्जर्भेटिभ ब्लकले भने स्पष्ट बहुमत कसैको पनि नभएकाले निर्वाचनमा कसैको पनि जित नभएको प्रतिक्रिया जनाएको छ ।

Write your Comment