डुमरवाना स्थीत बेङाई बाँधमा पौडी खेल्ने क्रममा एकजनाको मृत्यु

१२ आश्विन २०७८, मंगलवार १३:५६ प्रकाशित

बारा १२ आश्विन :
जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरबाना भन्दा पुर्बपट्टिरहेको बेङाई नदिको बाँधमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ ।
साथीहरुसँगै पौडी खेल्ने क्रममा सिमराका अन्दाजी ४० बर्षिय भगवान काजी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक कार्की नेपाली सेनाका अवकास प्राप्त जवान भएको बुझिएको छ । घटना स्थलमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
उक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्न लामो समय रोक लगाईको थियो । पछिल्लो समय एका एक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।
नदिबाट सिंचाई गर्न बाँध निर्माण गरिएको छ । बाँधमा जमेको पानिमा पौडि खेल्ने क्रममा मानिसको ज्यान गैरहेको हो ।

१२ आश्विन २०७८, मंगलवार १३:५६  मा प्रकाशित

Write your Comment