प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालय जनकपुरमा अख्तियारको छापा

१३ आश्विन २०७८, बुधबार १४:३४ प्रकाशित

जनकपुरमा रहेको प्रदेश नम्बर  २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको विषयमा उजुरी परेपछि छपामारेको जनाइएको छ ।

टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । टोली अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन् ।
बुधबार दिउँसो आयोगको केन्द्रिय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालयमा पुगेको छ । थप विवरण आउन बाँकी छ ।

१३ आश्विन २०७८, बुधबार १४:३४  मा प्रकाशित

Write your Comment