एमालेबाराको पदाधिकारीको पहिलो बैठक सम्पन्न,बिधान महाधिवेशनका लागि प्रतिनिधि चयन

१३ आश्विन २०७८, बुधबार १८:१५ प्रकाशित

बारा १३ आश्विन :                                                          नेपाल कम्युनिष्ट पार्टी एमाले बाराले यहि आश्विन १५-१७ गते सम्म राजधानीमा हुने विधान महाधिवेशनका लागि बाराका चारवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ८ जना प्रतिनिधि छनोट गरिएको छ । नेकपा एमाले बाराको आज बसेको पदाधिकारीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले क्षेत्र नम्बर १ बाट महेन्द्र जयसवाल र अन्जु नेपाली क्षेत्र नम्बर २ बाट रामनाथ बैठा र बन्दना सिंह, क्षेत्र नम्बर ३ बाट भिखरि विद्रोही र तुलना मैनलि त्यसैगरी क्षेत्र नम्बर ४ बाट मनोज पौडेल र नजमा आलमलाई चयन गरेको छ भने जिल्ला को दलित कोटामा मखन पासवानलाइ सर्व सहमतिबाट पठाउने निर्णय गरेको जिल्ला कमिटी अध्यक्ष देवनारायण चौधरीले जानकारी दिनुभयो । केन्द्रीय कमिटीले प्रत्येक क्षेत्रबाट एकजना महिलासहित दुईजना पठाउने निर्देशन गरेको थियो । क्षेत्रहरूको बैठक तत्काल बस्न नसक्ने भएकोले जिल्ला पदाधिकारी बैठकबाटै निर्णय गरिएको हो । बैठकमा जिल्ला कमिटीका उपाध्यक्ष बिनोद साह, जिल्ला सचिव महम्म्द समीर,उपसचिव गोविन्द पौडेलको सहभागीता रहेको थियो ।

१३ आश्विन २०७८, बुधबार १८:१५  मा प्रकाशित

Write your Comment