पुर्ब प्रधानमन्त्री नेपाल शिक्षण अस्पताल भर्ना, स्वास्थ्य अबस्था सामान्य

१३ आश्विन २०७८, बुधबार २१:४६ प्रकाशित

काठमाडौ १३ आश्विन :
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूले सल्लाह दिएको अध्यक्ष नेपालको निजि सचिवलयले जनाएको छ । सचिवालयको तर्फबाट मोहन गौतमले प्रेस नोट जारी गर्दै उहाँको अवस्था सामान्य रहेको जनाउनुभएको छ । गौतमका अनुसार उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । अध्यक्ष नेपालको स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको जानकारी समेत गराउनुभएको छ ।

१३ आश्विन २०७८, बुधबार २१:४६  मा प्रकाशित

Write your Comment