उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई देशकै महत्त्वपूर्ण निकायको सदस्य बनाएका छन्।
उत्तर कोरियाको सरकारी समाचारमाध्यम केसीएनएका अनुसार किमले बहिनी जोङलाई राष्ट्रिय मामिला परिषद् (स्टेट अफेयर्स काउन्सिल) को सदस्य बनाएका हुन्।
जुन परिषद् उत्तर कोरियाको नीति-निर्माण गर्ने सर्वाेच्च निकाय हो र यसको नेतृत्व किमले गरिरहेका छन्।
जोङ आफ्ना दाजु सर्वोच्च नेता किमकी प्रमुख सल्लाहकार हुन्। अहिले पाएको जिम्मेवारी भने जोङले सम्हालेको अहिलेसम्मकै ठूलो हो।
केसीएनएका अनुसार जोङसँगै अन्य ७ जनालाई पनि परिषदको सदस्य बनाइएको छ।
जोङले आफ्ना दाजु किमलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन तथा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा समेत सघाएकी छन्। यसर्थ उनको यो बढुवालाई महत्त्वका साथ हेरिएको छ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

