एमालेमा अध्यक्ष,५ उपाध्यक्ष,महासचिव र ६ जना सचिब रहेको केन्द्रीय सचिवालय बन्ने

१५ आश्विन २०७८, शुक्रबार १८:४६ प्रकाशित

नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ ।

एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।

१५ आश्विन २०७८, शुक्रबार १८:४६  मा प्रकाशित

Write your Comment