एमालेको विधान महाधिवेशन : छलफलका लागि १० समूह,सहजीकरण गर्ने जिम्मा पनि दिइयो

१५ आश्विन २०७८, शुक्रबार २०:२६ प्रकाशित

काठमाडौ १५ आश्विन :
नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।
लगत्तै समूहगत छलफलका लागि सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।
प्रदेश नम्बर १ समुह क को अध्यक्षता देवराज घिमिरेले गर्नेछन् भने सहजीकरण गर्ने जिम्मा भीम आचार्य र सुवास नेम्वाङलाई दिइएकोछ । प्रदेश २,समूह ख को अध्यक्षता ज्वाला साहले गर्नेछिन् भने सहजीकरण गर्ने जिम्मा सत्यनारायण मण्डल र रघुवीर महासेठलाई दिइएको छ ।
बागमती प्रदेश समूह ग को अध्यक्षता आनन्द पोखरेलले गर्नेछन् भने सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । समूह घ को अध्यक्षता जगत विश्वकर्माले गर्दा सहजीकरण किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

लुम्बिनी प्रदेश समूह ङ को सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्ने र अध्यक्षता लिला गिरिले गर्ने छ । समूह चको अध्यक्ष गोरखबहादुर बोगटी तथा सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नेछन् । त्यसैगरी उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरुका प्रतिनिधिहरुको समूहको अध्यक्षता सुजिता शाक्यले गर्नेछिन् भने सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई जिम्मा दिइएकोछ ।

जनवर्गीय संगठनहरुबाट आएका प्रतिनिधिहरुको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरुको समूहमा सहजीकरणको जिम्मा अमृत बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

सबै समूहलाई भोलि बिहान ८ बजे बोलाइएको छ भने ४ घण्टा अर्थात् २ बजेसम्म छलफल गर्ने समय दिइएको छ । २ बजे पछि टोली नेताहरुले छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रमको रुपरेखा तय गरिएको छ ।

१५ आश्विन २०७८, शुक्रबार २०:२६  मा प्रकाशित

Write your Comment