पूर्वयुवराज पारस शाह बसेको कोठामा चोरी, काठमाडौंबाट एक पक्राउ

१८ आश्विन २०७८, सोमबार १८:५६ प्रकाशित

पूर्वयुवराज पारस शाहको पोखरामा रहेको फ्याल्टमा चोरी भएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनु भयो !
उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उहाको फ्याटमा चोरी गरेर भागेका थियो। उहाको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत चोरी भएको बताइएको छ । चोरीका सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

उनी मित्रनगरको न्यू राप्ती गेस्टहाउसमा बसिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ । ‘चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

आजै काठमाडौं प्रहरीले उपत्यकामा चोरीमा संलग्न २०७ जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक समेत गरेको छ ।

१८ आश्विन २०७८, सोमबार १८:५६  मा प्रकाशित

Write your Comment