बाराको बषतपुरमा बाल्टिनको पानीमा डुबेर २ बर्षिया बालिकाको मृत्यु

१८ आश्विन २०७८, सोमबार २०:४४ प्रकाशित

बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो ।
सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । प्रहरीका अनुसार बालिकाकी आमाले डुबेको देखेपछि निकालेर तत्कालै अस्पतालतर्फ लगेकी थिइन् ।

कलैया अस्पतालमा पोष्टमार्टमपछि बालिकाको शव आफन्तलाई जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

१८ आश्विन २०७८, सोमबार २०:४४  मा प्रकाशित

Write your Comment