काठमाडौं १९आश्विन :
न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि आजसम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।
बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि र १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । त्यसमा बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताले आज अर्थात असोजको १९ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाख रहेको छ । शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने जनाइएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)