श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसे मैदानमा पुग्यो

१९ आश्विन २०७८, मंगलवार ११:११ प्रकाशित

त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर घासे मैदानमा पुगेको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको हो । जहाज धावनमार्गमा नभएको कारण अन्य उडान भने सञ्चालन भइरहेकाे छ ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।

१९ आश्विन २०७८, मंगलवार ११:११  मा प्रकाशित

Write your Comment