सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) मा अशन्टुष्ठी देखिएको छ।
पाच दलिय गठबन्धनबाट आफ्नो भागमा चारवटा मन्त्रालय मात्रै छुट्याइएपछि समाजवादीले असन्तुष्टि जनाएको हो।
त्यहीकारण समाजवादीले सरकारमा पठाउने अनुहारबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन।
माधवकुमार नेपाल अध्यक्ष रहेको यस पार्टीको बैठक अहिले काठमाडौंमा केही बेर अघि बसेको छ ।
एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा स्वागत गरेसँगै सुरु भएको बैठकमा केही बेर बसेपछि अध्यक्ष नेपाल बाहिरिएका छन्।
नेपाल बाहिरिएपछि पार्टी बैठक पुन आजै बस्ने भएको समाजवादीका सांसद एवम स्थायी कमिटी सदस्य विरोध खतिवडाले बताउनु भयो।
समाजवादीको भाग ५ वटा मन्त्री र एकवटा राज्यमन्त्री परेको छ। तर पार्टीमा २० जना बढी आकांक्षी भएपछि मन्त्री बनाउने अनुहार छान्न कठिन भएको जनाइएको छ ।
सत्ता गठबन्धनको बैठक पछि पुन बस्ने स्थायी कमिटीको बैठकले मन्त्रीको नाम टुङो लगाउने खतिवडाले बताउनु भयो ।
‘ उहाले भन्नुभयो, ‘यसअघि नै हाम्रा नाम तय भएका छन्। केही परिमार्जनसहित टुंगो लगाउँछौँ।’सरकारमा नजाने भन्ने कुरै छैन।’
समाजवादीले अझै केही मन्त्रालय आफ्नो पक्षमा थप्ने लविङ गरिरहेको छ। ‘अझै केही मन्त्रालय थप्न पाए हुन्थ्यो भन्ने हो। हामीलाई छुट्याइएकाभन्दा अरू र राम्रा मन्त्रालय भए राम्रो हुन्थ्यो’, उहाले भन्नु भयो ‘तर पनि ठूलो असन्तुष्टि छैन। हामी सरकारमा त जान्छौँ।’