मन्त्रिपरिषदलाई पूर्णता दिन बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिनु भएको छ । नेपाल निकट स्रोतका अनुसार पार्टीको बैठक जारी रहेकाले उहा आफ्नो कुरा राखेर बालुवाटारबाट बाहिरिनु भएको हो । अध्यक्ष नेपाल बैठकमा साढे दुई घण्टा बस्नुभएको थियो ।
नेपाल बाहेकका नेताहरु भने बालुवाटारमै बसिरहेका छन् । उहाले बालुवाटारबाट बाहिरिँदा सञ्चारकर्मीहरूलाई समेत कुनै प्रतिकृया नदिएता पनि दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा गरिएको छ ।
मन्त्रिमण्डल विस्तारको अन्तिम तयारीमा रहेका गठबन्धन घटक दलहरुबीच यसअघि भएको मन्त्रालय भागबण्डाप्रति अध्यक्ष नेपाल सन्तुष्ट हुन सक्नु भएको थिएन । नेपाल सन्तुष्ट हुन नसके पछि गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल निकट श्रोतले जनाएकोएको छ । नेकपा एकीकृत समाजवादीलाई मनाउन दुई प्रदेशका मुख्यमन्त्री दिने सहमति भएको बालुवाटार श्रोतले जनाएको छ ।