नेकपा एसमा रामकुमारीलाई स्वास्थ्य र खतिवडालाई शहरी बिकाश मन्त्री बनाउने प्रस्ताव

२२ आश्विन २०७८, शुक्रबार ०८:१४ प्रकाशित

नेकपा एकीकृत समाजवादीले पार्टी सचिव रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र बिरोध खतिवडालाई शहरी विकास बनाउने तयारी गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्रीस र खतिवडा संगै प्रेमबहाहदुर आले र कृष्णकुमार श्रेष्ठ किसानलाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ । एक स्थायी कमिटी सदस्यका अनुसार खतिवडालाई शहरी विकास, झाँक्रीलाई स्वास्थ्य, आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रेष्ठलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने प्रस्ताव छ ।
भवानी खापुङलाई राज्यमन्त्री बनाउने प्रस्ताव पेश भएको भन्दै एक नेताले ‘यो प्रारम्भीक छलफलमा गरिएको प्रस्ताव भएको बताए । आज आकांक्षीहरुसँग बसेर निणर्य गर्ने उनले स्पष्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ।

२२ आश्विन २०७८, शुक्रबार ०८:१४  मा प्रकाशित

Write your Comment