नेकपा एमाले जीतपुरसिमरा वडा नम्बर १८ को अधिबेशन सम्पन्न,दाहाल अध्यक्षमा सर्बसहमत

२२ आश्विन २०७८, शुक्रबार २०:०५ प्रकाशित

पुष्पराज खतिवडा
बारा २२ आश्विन :
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपलिका वडा नम्बर १८को वडा अधिवेशन आज लामिडाडामा सम्पन्न भएको छ । अधिवेशनले अर्जुन दहालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले २ नं. प्रदेश सहईन्चार्ज अच्युत मैनालीले
सुर्य छेक्न खोज्ने माधव नेपालहरुको प्वाँख डढ्ने बताउनु भएको छ । उहा समेत माधव नेपालहरुले पार्टी फुटाएर गल्ती गरेको बताउनु भयो । नेता मैनालीले कयौंबर्षमा गर्न नसकेका महत्वपूर्ण काम एमाले सरकारले गरेको जिकिर गर्नु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री पुरुषोत्तम् पौडले नेता नेपाल तर्फ ईन्गीत गर्दै बाँचुल्जेल पद चाहिने अतृप्त आत्माहरुको स्वार्थले केही समय पार्टीमा असहजता भएपनि सिंगो एमाले एक रहेको बताउनु भयो । एमाले निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने ईमान्दार नेता कार्यकर्ताले एमालेको साथ नछाडेको तर स्वार्थी समुह बहकिएको बताउनु भयो । बहकिएका साथीहरुलाई ढिलोचाँडो मुल प्रवाहमा फर्कन आग्रह गर्नु हुँदै नेता पौडेलले स्वार्थको आयु छोटो हुने बताउनु भयो ।
नेकपा एमाले प्रदेश २ अध्यक्ष एवं पूर्वमन्त्री ज्वाला कुमारी साहले केपी वली विश्वकै दुरदर्शी एवं शाहसी नेता भएको बताउनु भयो । नेता ओलीको भिजन, शाहस र कार्यक्रमले समृद्ध नेपाल निर्माण हुने भन्दै नेतृ साहले ओले अझै २५ बर्ष बाँच्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला अध्यक्ष देवनारायण चौधरी , एमले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, अध्यानन्द पाण्डे ,धुरी साह, सीता सुवेदी, राधेश्याम शिवाकोटी ,ईश्वर ढकाल,बसन्त खतिवडा हरिदेव खरेल, लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मोहन लामिछाने ,अनिल कुमार मैनाली , रमेश सापकोटा ,नारायण क्षेत्री,मोहन लामिछाने,बिध्यार्थी नेता मनिष प्याकुरेल लगायतको सहभागिता थियो ।
अधिवेशनले अर्जुन प्रसाद दाहालको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको छ । दाहाल १८ नं. वडाका निर्वाचित वडा अध्यक्ष समेत हुन् । यस्तै एमाले वडाकमिटीको उपाध्यक्षमा गोपीकृष्ण खतिवडा,सचिवमा भरत लोप्चन, सहसचिवमा वेदनाथ न्यौपाने र पार्वती पंडित चयन भएका छन् । कमिटीको सदस्यमा राजन पौडेल,समुन्द्रराज भारती,धर्मेन्द्र पटेल,दिनेश गिरी, कुमार बहादुर लामा लगायत रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका –१८ ले दुईदर्जन एमाले अग्रज जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । कार्यक्रम एमाले वडाकमिटी अध्यक्ष हुतराज ढुंगानाको अध्यक्षता एवं निर्मल भारतीको संचालनमा सम्पन्न भएको हो ।                     

२२ आश्विन २०७८, शुक्रबार २०:०५  मा प्रकाशित

Write your Comment