अफगानिस्तानको मस्जिदमा बम विस्फोट,१०० जनाको मृत्यु, आईएसले लियो जिम्मा

२०७८ आश्विन २३, शनिबार प्रकाशित

अफगानिस्तानको कुन्दुजस्थित मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट गराइउदा सय जनाको मृत्यु भएको छ।

हजारा शिया मस्जिदमा गराइको विस्फोटमा धेरै जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कुन्दुज सेन्ट्रल अस्पतालका चिकित्सकका अनुसार अहिलेसम्म अस्पतालमा ३५ शव ल्याइसकिएको छ भने ५० जनाभन्दा बढी घाइते भर्ना गरिएको छ। यस्तै अर्काे अस्पतालमा १५ वटा शव पुर्याइएको छ।

घटनाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ।
गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिबानको हातमा छ। त्यसयता त्यहाँ आईएसको आक्रमण बढदै गएको छ ।

Write your Comment