बिबादमा परेपछी उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

२४ आश्विन २०७८, आईतवार ०९:३७ प्रकाशित

बिबादमा परेपछी सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आउनुभएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको हो ।
मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उहाको भनाइ छ ।

देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान पर्नु हुन्छ ।

५ पुस २०७७ मा पहिलो पटक संसद विघटन भएपछि संवैधानिक परिषद्ले गर्ने नियुक्तिहरुमा भागबण्डा लिएका जबराले दोस्रो विघटनपछि हमाललाई मन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको थियो । सर्वोच्च अदालतको २८ असारको आदेशअनुसार २९ असारमा देउवा प्रधानमन्त्री बनेपछि जबराले दुई मन्त्री माग्नु भएको थियो । सत्तारुढ दलका नेताहरुका अनुसार उहाले वन तथा वातावरण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माग्नुभएको थियो ।

अहिले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री हमाल नियुक्त हुनुभएको छ ।

२४ आश्विन २०७८, आईतवार ०९:३७  मा प्रकाशित

Write your Comment