बारा टाँगियाबस्तिका प्रेम गोले सहित ११५ जना माओबादी छोडेर एमालेमा प्रबेस

२४ आश्विन २०७८, आईतवार १५:३६ प्रकाशित

बारा २४ आश्विन :
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तिका प्रेम बहादुर गोले सहित ११५ जना नेकपा एमालेमा प्रबेस गरेका छ्न । उनिहरु नेकपा माओवादी केन्द्र परित्याग एमालेमा प्रबेस गरेका हुन ।नेकपा माओवादी केन्द्रले कुरा मात्रै गर्ने र काम नगर्ने भएकोले आफु सहित एमालेमा प्रवेश गरेको गोलेले बताउनुभयो । लामो समयदेखि माओवादी केन्द्रमा रहेका गोले टाँगियाबस्तिका प्रतिष्ठित व्यक्तित्व रहेको जनाइएको छ । उहाँ सहित जना एमालेमा प्रवेशले माओवादी केन्द्रलाई कमजोर बनाएको छ भने एमाले अझ मझबुत हुने देखिएको छ । नवप्रवेशी हरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेस नम्बर २ का सहइन्चार्ज अच्युत मैनाली, प्रदेश २ का अध्यक्ष ज्वाला कुमारी साह, पुर्ब मन्त्री एबम एमाले नेता पुषोत्तम पौडेल,एमाले बाराका अध्यक्ष देवनारायण चौधरी,एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल,एमालेनेताहरु राधेश्याम सिबाकोटि,अध्यानन्द पाण्डे, ढुण्डीराज उप्रेती,अनिल मैनाली,रमेस सापकोटा,वडा कमिटीका अध्यक्ष हरिदेव खरेल लगायतले स्वागत गर्नुभएको थियो ।

२४ आश्विन २०७८, आईतवार १५:३६  मा प्रकाशित

Write your Comment