निफ्राले लाभांशमा बोनस शेयर दिने

२६ आश्विन २०७८, मंगलवार ०६:४० प्रकाशित

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले घोषणा गरेको लाभांश संशोधन हुने भएको छ । यस अघि बैंकले ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

बैंकले नगद लाभांश दिने निर्णय गरेपनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले अब लाभांश ८ प्रतिशत नै दिनेछ छ, । तर नगद होइन बोनस शेयर दिदा बैंकको पुँजी समेत बढ्ने छ । यसका लागि पनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको हो । हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ६० करोड बोनस वितरण पछि बैंकको चुक्ता पूँजी २१ ऋर्ब ६० करोड हुने छ ।

२६ आश्विन २०७८, मंगलवार ०६:४०  मा प्रकाशित

Write your Comment