अष्ट्रेलियाको सिड्नी शहरमा लगाइएको लकडाउन १०६ दिनमा हटाइयो

२६ आश्विन २०७८, मंगलवार १२:०५ प्रकाशित

अष्ट्रेलियाको सिड्नी शहरमा लगाइएको लकडाउन१०६ दिनमा हटाइएको छ । कोरोनाभाइरस महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि सोमबारबाट अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् । सोड्निमा महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै हटाइएको अधिकारीले बताएका छ्न ।
देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । ती मध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पनि अधिकारीहरुको भनाइ छ ।

झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन् । उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुशीयाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन् । लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन् । त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने अबसर आएको बताएका छ्न । गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए । अत्यावश्यक सेवा भने सञ्चालनमा रहेका थिए ।

२६ आश्विन २०७८, मंगलवार १२:०५  मा प्रकाशित

Write your Comment