प्रथम महिला फुटबल प्रतियोगितामा सर्लाहीद्वारा अमलेखगञ्ज पराजित

२७ आश्विन २०७८, बुधबार १४:०३ प्रकाशित

बाराको अमलेखगञ्जमा आयोजना गरिएको प्रथम एतिहासिक महिला फुटबल प्रतियोगितामा सर्लाहीद्वारा सिद्ध बाबा युवा क्लब अमलेखगञ्ज २-०ले पराजित भएको छ । सिद्ध बाबा युवा क्लब अमलेखगञ्जकोआयोजना बाराको अमलेखगञ्जमा आयोजना गरिएको ऐतिहासिक प्रथम महिला फुटबल प्रतियोगिता सर्लाहीले उपाधि हात पारेको हो । प्रथम र दोस्रो हुने प्रतियोगीलाई रु ५० र २५ हजार सहित पुरस्कृत गरिएको थियो । क्लवका अध्यक्ष दिपेन्द्र लामाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा कृष्ण पौडेल,नेकपा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नं २२ का अध्यक्ष मणिकलाल थिङ,२१ का अध्यक्ष कृष्ण शाही ठकुरी,अमलेखगञ्जका प्रहरी प्रमुख कलाम बाहादुर शाहि,समजसेबी टन्क श्याम्बो,बिनोद गुप्ता,ठाकुर आचार्य लगायतले कार्यक्रममा बिजेता र उपविजेतालाई बधाई ज्ञापन गर्नुभएको थियो ।

२७ आश्विन २०७८, बुधबार १४:०३  मा प्रकाशित

Write your Comment