थप ३६५ जनामा कोरोना संक्रमण,६०९ संक्रमणमुक्त,४ जनाको मृत्यु

२७ आश्विन २०७८, बुधबार १८:४० प्रकाशित

बितेको २४ घण्टामा ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना संक्रमण मुक्त भएका छन् ।
बुधबार थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ भने ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेका छन् । जसमध्ये १३ हजार १७२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

२७ आश्विन २०७८, बुधबार १८:४०  मा प्रकाशित

Write your Comment