दक्षिण ताइवानको एक १३ तले आवासीय भवनमा भीषण आगलागी हुदा ४६ जनाको मृत्यु भएको छ । बिहीबार भएको सो आगलागीमा परी दर्जनौं मानिस घाइते भएका छन् । ताइवानको दक्षिण भेगमा पर्ने काओसिउङमा अवस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परि ४६ को मृत्यु भएको र ५५ भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।
सो आगलागिमा भएका ५५ घाइतेमध्ये १४ मानिस गम्भीर घाइते रहेको र घाइतेलाई उपचारको लागि अस्पताल भर्ना गरिएको जनाइएको छ । मृककको संख्या अझै बढ्ने आशंका गरिएको छ । आगलागीबाट भवनका अधिकांश फ्लाटहरु ध्वस्त भएको त्यहाँको अग्नी नियन्त्रण विभागले दिएको जानकारीमा जनाएको छ ।
सो भवन ४० वर्ष पुरानो रहेको र भवनको भुँइतलामा विभिन्न पसल राखिएको बताइएको छ । आगलागीको कारण भने हालसम्म नखुलेको अधिकारीहरुले जनाएका छन् ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

