ताइवानमा रहेको १३ तले भवनमा आगलागी,४६ को मृत्यु, दर्जनौं घाइते

२८ आश्विन २०७८, बिहीबार १५:५४ प्रकाशित

दक्षिण ताइवानको एक १३ तले आवासीय भवनमा भीषण आगलागी हुदा ४६ जनाको मृत्यु भएको छ । बिहीबार भएको सो आगलागीमा परी दर्जनौं मानिस घाइते भएका छन् । ताइवानको दक्षिण भेगमा पर्ने काओसिउङमा अवस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परि ४६ को मृत्यु भएको र ५५ भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

सो आगलागिमा भएका ५५ घाइतेमध्ये १४ मानिस गम्भीर घाइते रहेको र घाइतेलाई उपचारको लागि अस्पताल भर्ना गरिएको जनाइएको छ । मृककको संख्या अझै बढ्ने आशंका गरिएको छ । आगलागीबाट भवनका अधिकांश फ्लाटहरु ध्वस्त भएको त्यहाँको अग्नी नियन्त्रण विभागले दिएको जानकारीमा जनाएको छ ।

सो भवन ४० वर्ष पुरानो रहेको र भवनको भुँइतलामा विभिन्न पसल राखिएको बताइएको छ । आगलागीको कारण भने हालसम्म नखुलेको अधिकारीहरुले जनाएका छन् ।

२८ आश्विन २०७८, बिहीबार १५:५४  मा प्रकाशित

Write your Comment