गुल्मीको रेसुङ्गामा जीप अनियंत्रित भइ दुर्घटना हुदा ३ जनाको मृत्यु,६जना घाइते

२९ आश्विन २०७८, शुक्रबार ०८:३९ प्रकाशित

गुल्मीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको भने ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा,सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया संगीता सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो।

घाइते ३ जनाको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको र उक्त जीप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

२९ आश्विन २०७८, शुक्रबार ०८:३९  मा प्रकाशित

Write your Comment