लेबनानमा बन्दुकधारीले आक्रमण गर्दा ६ जनाकोको मृत्यु,३२घाइते

२९ आश्विन २०७८, शुक्रबार ११:४९ प्रकाशित

लेबनानको राजधानी बेइरुतमा बन्दुकधारीले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

सन् २०२० को अगस्टमा बेरुतस्थित एक बन्दरगाहमा भएको विष्फोटको जाँचको विषयलाई लिएर भएको प्रर्दशनमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। बन्दरगाह विस्फोटनमा गरिएको जाँचमा राजनैतिक विवाद उग्र भएपछि पछिल्लो समय बेरुत थप अशान्त बनेको छ। बन्दरगाहा विष्फोटको जाँचको विरोधमा शिया मुस्लिम समूह हिजबुल्लाहले केही दिनदेखि प्रर्दशन गर्दै आइरहेका छन्।
न्यायाधीशको अध्यक्षतामा उक्त घटना जाँचभइरहेको छ। प्रदर्शनकारीहरूले न्यायाधीश विभेदकारी भएको र निश्पक्ष जाँच गर्न नसक्ने भन्दै तत्काल उनलाई हटाउन माग गरेका छन् ।

लेबनानका राष्ट्रपति मिशेल आओनले घटनाको भत्र्सना गरेका छन्। राष्ट्रपति आओनले भने, ‘आफ्नो स्वार्थका लागि देशलाई बन्धक बनाउने अधिकार कसैसँग छैन। कुनै पनि बहानामा देशलाई बन्धक हुन दिने छैनौँ।’

बिहीबारको घटनालाई लिएर लेबनानका प्रधानमन्त्री नाजीब मिकाटीले शुक्रबार एक दिनका लागि राष्ट्र शोकको घोषणा गरेका छन्।

२९ आश्विन २०७८, शुक्रबार ११:४९  मा प्रकाशित

Write your Comment