बेलायतमा सांसदको छुरा प्रहार गरि हत्या

३० आश्विन २०७८, शनिबार ०७:५० प्रकाशित

बेलायतका एक सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।
एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रबार दिउँसो वेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

सांसदको हत्याको आशंकामा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमणकारीले सांसद डेभिडमाथि पटक-पटक छुरा प्रहार गरेको पोष्टमार्टम रिपोर्टमा देखिएको छ ।
अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका लोकप्रिय सान्सद थिए ।

३० आश्विन २०७८, शनिबार ०७:५०  मा प्रकाशित

Write your Comment