केरलामा भारी वर्षा र बाढिका कारण ९ जनाको मृत्यु, २० जनाभन्दा बढी बेपत्ता

३१ आश्विन २०७८, आईतवार १५:४८ प्रकाशित

भारतको केरलामा भारी वर्षा र बाढीका कारण ९ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा धेरै व्यक्तिहरु बेपत्ता भएका छन् ।

कोट्टायम र इडुक्की जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । अधिकारीहरुका अनुसार इडुक्कीमा ६ जनाको र कोट्टायममा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजीकार्य जारी छ ।

एकदर्जन बढी जिल्लामा अलर्ट जारी गरिएको छ । अरब सागरमा विकसित मौसमी प्रणालीका कारण सो क्षेत्रमा भारी वर्षा भएको छ ।

३१ आश्विन २०७८, आईतवार १५:४८  मा प्रकाशित

Write your Comment